भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पोखिएर घामको झुल्का भरि संघारमा / हरिभक्त कटुवाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पोखिएर घामको झुल्काभरी सङ्घारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा
बतासको भाका टिपी बोलूँ-बोलूँ लाग्छ है

कति-कति आँखाहरू बाटो छेक्न आउँछन्
परेलीमा बास माग्न कति आँखा धाउँछन्
यति धेरै मानिसका यति धेरै आँखाहरू
मलाई भने तिम्रै आँखा रोजूँ-रोजूँ लाग्छ है

उडूँ-उँडू लाग्छ किन, प्वाँख कहिले पलायो
मनको शान्त तलाउको पानी कसले चलायो
आफैँलाई थाह छैन कसलाई थाह होला
त्यसैले त तिमीसित सोधूँ-सोधूँ लाग्छ है