भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रकाश / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


दुख्नु दुखें
सहनु सहें
आफ्नाहरुसंगको झुण्डबाट
चोइटिएर उछिट्टिएं
टुक्रिएं
धुलो धुलो भए

क्रमशः
कणकणमा परिर्विर्तत हुन पुगें
हो!
अचेल, प्रकाशमा मात्र
देखिन्छु म
उज्यालामा मात्र
टल्ःकिन्छु म
अब त तिमीले बुझ्न पर्छ
मेरो प्रकाश
केवल तिमी हौ ।