भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बन्द / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यस्तरी पर्योप बन्दको चिट्ठा–
उसको रामकहानी बन्द भो हेर्दाहेर्दै।
 
एकाएक पानी बन्द भो
सास फेर्ने हावा नै उत्रियो धेरै पटक हड्तालमा
र पनि रमाए केटाकेटी–
स्कुल जो बन्द भो तिनीहरूको।
 
बजार बन्द भो–
बन्द भएन एक्काइस पत्तीको चौतारो
सहर बन्द भो–
बन्द भएन ज्यामी दाइको पेटको ज्वाला
देशै बन्द भो–
बन्द भएन नेताजीको बैठकको रमझम।
 
चकमन्न रातमा पनि
फुर्सद पाइन सहरकी नगरबधूले
रोगी आमाको उदास अनुहार घुमाइरही आँखाभरि
र बेचिरही आफ्नो जो भएको सम्पत्ति।
बाबुआमाका सपना बोकेर सहर छिरेको युवक
अबेरसम्म जुधिरह्यो न्युटनका ल अफ मोसनहरूसँग।
 
कार्यालय प्रमुख हाजिर ठोकेर निस्कियो दस बज्नुअघि नै
र जमायो खाल साबिक अफिसकै सरकारी क्वार्टरमा।
 
ठिक त्यसै बेला–
जिन्दगीको नियोन उज्यालो निभेको मौका छोपेर
कसैले ह्याक गर्योज हाम्रा सपनाहरू
र पनि खसेनन् आश्चर्यले
आँखाका गुच्चाहरू सडकभरि।
 
बन्दको उपहार
सौजन्य स्वरूप जो पाइएको थियो।