Last modified on 10 जनवरी 2017, at 16:24

बस्छु म त हिमालको छायाँमा / प्रेम विनोद नन्दन

बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा

कहीं छैन यो हसिलो हिमालझैं हाम्रो
कहीं छैन यो रसिलो नेपालझैं राम्रो
जहा जाऊँ अति लाग्छ यो नेपाली माया
जताततै फैलिदिन्छ यो हिमाली छायाँ

यो छायाँमा फैलिएर मलाई फुल्न देऊ
यो मायामा गइरिएर मलाई भुल्न देऊ
कोहीदेखि डग्ने छैन हिमाल छ भने
कहिले पनि मर्ने छैनौं नेपाल छ भने