बाधा सबै सिध्याई / सुमन पोखरेल

 
बाधा सबै सिध्याई निर्बाध बाँचिरहेछु
चितामाथि हेर आज म हाँसिरहेछु

अरूलाई चोटदिई बाँच्ने त्यो जीवन हैन
संसारलाई छोडी एकदिन नजाने कोही छैन
दुनियालाई पछाडि छोडी अगाडि लागिरहेछु
चिता माथि हेर आज म हाँसिरहेछु

तँछाड मछाड गर्ने मान्छे नदेखेको हैन
ज्यूँदो मान्छेले तर, अब मलाई भेट्ने छैन
केवल दुई हातमाथि आराम गरिरहेछु
चितामाथि हेर आज म हाँसिरहेछु

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.