भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
बालुवाको घर/ रमेश क्षितिज
Kavita Kosh से
हामी बस्ने चौतारीमा एक्लै आउँछु अचेल
खुसी प¥यो तिम्रो भागमा पीडा गाउँछु अचेल
तिमी थियौ लट्टाइँ र पो सम्हालिन्थे सधैँ
चुडिएको चङ्गाजस्तै मन उडाउँछु अचेल
बर्सात चल्दा ओत लाग्ने सपनाथ्यो मनभरि
बगरमा बालुवाको घर बनाउँछु अचेल
काख दिने कोही भए शिर लुकाई रुन हुन्थ्यो
राति सधैँ सिरानी म भिजाउँछु अचेल
आगो सल्काई तिमी गयौ, आँखाबाट आँसु खन्याई
हृदयको डढेलो त्यो निभाउँछु अचेल
मेरो जस्तै छटपटी तिमीलाई पनि छ कि ?
गोधूलिमा बाटो कुर्न सधैँ आउँछु अचेल !