बित्यो आधी जीवन रहरै रहरमा ।
चलेकोछ आँधी यो मनको शहरमा ।
यता यो नजरमा छ कुवा जमेको,
सुकेछ कि पानी,उता त्यो नहरमा ।
विदेसिन लागे परिवार घरका,
परदेशी आइ बसेकोछ घरमा ।
यो रात ढलेर के के हुन्छ भोलि,
देखिएन संकेत यो कालो पहरमा ।
नमिठो छ शब्द,नमिठो छ पंक्ति,
गजल बाँधिएन अझै यो बहरमा ।