भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भविष्य नै अन्धकार छ भन्न मिल्दैन कि / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गाउँ
 
भविष्य नै अन्धकार छ भन्न मिल्दैन कि
निराश भई जम्न खोजे बाटो खुल्दैन कि
 
अन्यायको विरुद्धमा उठ्नुपर्छ सधैँ
जुझ्नु हाम्रो कर्तव्य हो जुझ्नुपर्छ सँगै
तिमी सप्रे मेरो जीवन सप्री अघि बढ्छ
आपस्तको मित्रताले विकास चुली चढ्छ
 
परम्परा जोगा'कै छु मौलिकतामा बाँची
सभ्यता र संस्कृतिलाई छातीभित्र साँची
आफ्नोपनमा उठ्यौँ भने आफ्नैपनमा बाँच्छौँ
आफ्ना सारा सुन्दर कुरा युग-युगसम्म साँच्छौँ ।