भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भुइँ टेकेर बाँच्नेहरू - १ / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रैतीहरूको गाउँमा
बाह्रैमास असारको पन्ध्र ।
तर अचम्म
शताब्दीदेखि कुनै एकदिन
दही-च्यूरा जुरेको कथा छैन ।

मालिकहरू लन्च र डिनर बुझ्छन्
भोक बुझ्दैनन्
सप्पै थरी ड्रिंक्स बुझ्छन्
तिर्खा बुझ्दैनन्
परफ्यूम बुझ्छन्
पसीना र माटोको बन्ध बुझ्दैनन्।

पैसा बुझ्छन्
सह बुझ्दैनन्
अगुल्ठोले अनिकाल खेदेर सहकाल बोलाउने
साउने सङ्क्रान्ति बुझ्दैनन्
माटोको अक्षर बुझ्ने
माटोको सुगन्ध बुझ्ने
मान्छेकै माटो कहिलेदेखि हुने ?

दही च्यूरा जुर्ने दिन कहिले होला !
असारको पन्ध्र बुझ्ने मालिक कहिले होला !