Last modified on 2 दिसम्बर 2020, at 22:32

भुइँ टेकेर बाँच्नेहरू - २ / रेमिका थापा

'मालिक नगर ' नाम परेको बस्तीमा
खेतीवालाहरूको खैलाबैला !
रत्नमाया लिम्बुनीको सात पुस्ताअघिका पूर्खाले रोपेको
बाक्लो छायाँदार वरपीपलको शानदार पाखुरामा
अचानक कसले झुण्ड्यायो
यो बडेमानको होर्डिङ- ' मालिक नगर '।

मालिक को हँ ?
को ?

आफ्नै आँगनमा, आफ्नै पौरखले
आफ्नै निधारमा
झुण्डाइबस्नु यो बीऊ मास्ने
विज्ञापन ?

खेतीवालाहरूको बस्तीमा
कानेखुशी, खस्याकखुसुक, चलहलपहल ।

बहसको समय आउला ?