भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भेटी नभेट्न सक्ने / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भेटी नभेट्न सक्ने आकाशको तलाऊ
तिमी साँझ बत्ती बाल, यात्रा मलाई देऊ
 
म स्वरमा बिरानो, संघारमा बिरानो
अनन्त मनको भित्री हियारमा बिरानो
कुन दृश्य हेरी आफ्ना दृष्टिहरू गुमाऊँ?
तिमी जूनमा नुहाऊ, यात्रा मलाई देऊ
 
म रातको कथा हूँ, म गीतको कथा हूँ
ढाँटेर ढाँट्न सक्ने म शीतको कथा हूँ
कुन मूर्ति ढोगी आफ्नो आफैं बली चढाऊँ?
तिमी बेलपत्र बाँड, यात्रा मलाई देऊ