भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भेट / अर्जुन ढुङ्गाना

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फोर्टिन फेब्रुवरीको साँझ
कसो झुक्किएर पुगेथेँ सब्जीमण्डीमा ।

तितो मनपर्दैन भन्थ्यौ
खै किन हो ?
मनै तित्याउने गरी करेला छानिरह्यौ
पीरो मन नपराउने मैले
आँखा पोल्ने गरी खोर्सानी खेलाइरहेँ ।

फोर्टिन फेबु्रवरीको रात
कसैगरी निदाउनै सकिनँ ।
 
तिमी पो
निदायौ निदाएनौ ?