भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भेल बाँकी मात्र आँशुको भेल बाँकी / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


भेल बाँकी मात्र आँशुको भेल बाँकी
शत्रुका सबै एकेक खेल बाँकी

स्वाधीनताका जतिसुकै कुराहरु गरे पनि
हत्कडी बाहुमा र पाउमा छ नेल बाँकी

खाएका छौं तिमी, हाम्ले के नै पो खाएका छौं
पसलका रासन सबै नून र तेल बाँकी

निर्वासित आफ्नै देशमा आफैंबाट भएपछि
जानु मात्र बाँकी रह्यो एकपल्ट जेल बाँकी