भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मनसँग मन फसेको क्या राम्रो / निमेष निखिल
Kavita Kosh से
मनसँग मन फसेको क्या राम्रो
तिमी मसँग बसेको क्या राम्रो
सर्माउँछ फूल तिमीलाई देेखेर
कम्मरमा पटुकी कसेको क्या राम्रो
आँखाको बाटो हुँदै सुटुक्क तिमी
मेरो मनभित्र पसेको क्या राम्रो
तिमीलाई देख्दा लजाएर हेर
सगरबाट जून खसेको क्या राम्रो।