Last modified on 28 जनवरी 2022, at 08:35

मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बहिनीले / मित्रसेन

मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बहिनीले

धरतीमुनि पिँडालु त धरतीमाथि गाबा
तिमीसित प्रीति लाउनु कानै पक्रे बाबा
मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बहिनीले

एउटो घर त नेपालैमा आर्को घर त सिम्ले
एउटो छोरा पाउँला भन्थे पोइले आँखा चिम्ले
मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बहिनीले

लाहुरे दाइले खसी काट्यो बोसोमाथि बोसो
बोसो खानु पाइनँ भनी यति लामो चोसो
मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बहिनीले

मदेसेले हलो जोत्यो डल्‍ला फर्काई फर्काई
मलाई मोहनी लायौ नानी जुल्फी लर्काई लर्काई