भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मलाई छोडी मेरो छायाँ / क्षेत्रप्रताप अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मलाई छोडी मेरो छायाँ कतै झरेछ
तिमि सम्म आई पुग्दा साँझै परेछ

त्यसै कति बिते मेरा, चिसा चिसा रातीहरु
तातो माया संगालेर, खोजि रहें साथीहरु
बैंश छँदा नभोगेको रातै ढलेछ
तिमि सम्म आई पुग्दा साँझै परेछ

नलेखेको गीत मेरो, पाखा भरि गाए जस्तो
नदेखेको माया मेरो, आँखा भरि पाए जस्तो
जिन्दगिको छेउ मा कतै, ज्योति झरेछ
तिमि सम्म आई पुग्दा साँझै परेछ