भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मसँग छैन रातो गुलाब / रवि प्राञ्जल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मसँग छैन रातो गुलाब, भीरमा फुलेको फूल छ एउटा ।
सहेर आँधी-हुरी-बतास, पीरमा फुलेको फूल छ एउटा ।

म साँझ कुर्छु र रात कुर्छु, म जून हेर्छु र दाग पढ्छु,
छ दिलमा काँढा गडेको एउटा,शिरमा फुलेको फूल छ एउटा ।

दुस्वप्न भन्थेँ सुस्वप्न रैछ, सुस्वप्न ठान्थेँ दुश्वप्न रैछ,
सकिन झीरमा यो मुटु उन्न,झीरमा फुलेको फूल छ एउटा ।

नमाग प्रिय ! मसँग केही, बाँकी छ यही आँसु अमूल्य,
कहिल्यै नसुक्ने यी अश्रुदहका तीरमा फुलेको फूल छ एउटा ।