भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

महाशय / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


महाशय
हजुरलाई के भनेर सम्बोधन गरौं
हुन त
हजुर घुम्ने मेच माथि हुनुहुन्छ
याक होइन
सिगार तानिरहनुभएको छ
घरेलु रक्सीको होइन
ब्राण्डीको चुस्की लिएरहनुभएको छ
महशय !
हजुरलाई के भनेर सम्बोधन गरुँ !
तँ !
तिमी !
तपाई !
हजुर !