मातिएर केके भनेँ / सुमन पोखरेल
मातिएर केके भनेँ, रक्सिएर केके बोलेँ
नसोच्नू तिमीले यो, मैले सबै सत्य बोलेँ
कहिले जीवन व्यर्थ ठानी, मर्नुपर्छ पनि भनेँ
कहिले मृत्यु डर मानी बाँच्नुपर्छ पनि भनेँ
तर जीवन मृत्यु दुबै, मानिसका आफ्ना रैछन्
कहिले दुबै मुटुभित्र, कहिले टाउकामाथि लाग्छन्न्
के हो के हो जिन्दगी यो नबुझिने कथा त हो
जति रोए जति भने पनि उही ब्यथा त हो
रुँदैहाँस्दै एउटै कुरा कयौँ चोटी भनेँ हूलाँ
कतिपल्ट मरेँ भनी, मृत्यु पनि गनेँ हूँला
मातिएर केके भनेँ, रक्सिएर केके बोलेँ
नसोच्नू तिमीले यो, मैले सबै सत्य बोलेँ
कहिले जीवन व्यर्थ ठानी, मर्नुपर्छ पनि भनेँ
कहिले मृत्यु डर मानी बाँच्नुपर्छ पनि भनेँ
तर जीवन मृत्यु दुबै मानिसका विवशता हुन्
कहिले दुबै इच्छाजस्ता, कहिले दुबै सम्झौता हुन्
कताकता तिमीलाई मैले नजीक पाएजस्तो
कहिले काहीँ म आफैँबाट पनि टाढा भएजस्तो
के हो के हो जिन्दगी यो नबुझिने कथा त हो
जति रोए जति भने पनि उही ब्यथा त हो