भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मातृत्व / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सृष्टिका बन्धन सहन्छ
पर्खाइ सहन्छ
अभाव सहन्छ र पीडा सहन्छ
जे सुकैलाई सहन्छ मातृत्वले ।

आफ्नो चोट सहन्छ
दुःख सहन्छ
पीडा सहन्छ
अप्राप्ति, अतृप्ति र अन्धकार सहन्छ ।

सहन सक्दैन मातृत्वले तर
सन्तानका घाउहरू
देख्न सक्दैन सन्तानको भोकलाई
हेर्न सक्दैन
आमा पर्खेर बसेका जोसुकैका शिशुहरूको आत्माको रुवाइ ।