भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मानवीय स्वभाव / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मोहनी छैन आँखामा मायाँमा छैन वासना
रातमा बासको सास्ती चुल्होमा छैन रासन
हावाका महलै अग्ला यथास्थिति कहाँ छ र ?
कर्मले बोल्न हे मान्छे धाक सच्चा कहाँ छ र ?

फल छन् अमिला, मीठा बोट एकै भएपनि
सन्तान भिन्न भिन्नै छन् आमा एकै रहेपनि
एँेसेलुका रुखै बाङ्गा काँडा सीधा कहाँ छ र ?
धर्तीमा धूर्त मान्छेको बुद्धि सीधा कहाँ छ र ?

फुलेका फूलमा वास्ना, रङ्ग आफ्नै विचित्र छन्
जन्मेका नरमा आस्था, रुप आफ्नै विचित्र छन्
बुद्धिले गाँसिदै मान्छे सिङ्गो बन्दो कहाँ छ र ?
लुटेरै खान सिक्तो छ स्वाभिमानी कहाँ छ र ?

उखुकै स्वादको हुन्न चिरैतो जात तिक्तछ
श्वासभै भित्रँदै मान्छे कलेजो, मुटु झिक्तछ
मर्ममा मर्न हे मान्छे, मार्नु धर्म कहाँ छ र ?
रक्तपिपासु भै ज्यूने सिंह सभ्य कहाँ छ र ?

मासिन्न जलको कुम्भी डढेलो सिद्धिँदा पनि
नासिन्न स्वार्थको घैंटो श्वास नै रित्तिँदा पनि
सन्तोषी बन्न हे मान्छे ईष्र्या आस्था कहाँ छ र ?
प्रातमा रात पुज्नेको देह सच्चा कहाँ छ र ?