भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मानिस र देश / शैलेन्द्र साकार

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


९५ वर्षमा मर्न भन्दा पहिले
चित्रकार मकबुल फिदा हुस्सेन
देश भित्र फर्कन चाहन्थे
आफू जन्मेको ठाउँमा मर्न चाहन्थे

आखिर भारतीय ,कतारी र ब्रिटिस भएर
उनी मरे /
के मानिसलाई साच्चिनै
एक टुक्रा अनुमति पत्रले

छाप लागेको भिसाको कागजले
देशबाट अलग राख्न सकिन्छ ?
उसको मनबाट
जन्मेको देशलाई खोस्न सकिन्छ ?

कुनै धर्मले ,कुनै ब्यबस्थाले
कुनै आदेश वा निर्णयले
एउटा ब्यक्ति छुटदैन
आफू जन्मेको देशबाट