Last modified on 11 जनवरी 2017, at 08:54

मान्छेको माया यहाँ खोलाको पानी जस्तो / राममान तृषित

मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो

मान्छेको माया यहाँ आँखाको नानी जस्तो
यो रात फकाई आउने सुन्दर विहानी जस्तो

माया त जोवनको आवेश मात्र नै हो
तिर्खाको राम्रो अर्को एक भेष मात्र नै हो
तिम्रो हेराईमा केबल आँखा छ मुटु छैन
तिम्रो बोलाईमा स्वर छ ढुकढकी केही छैन

मायाको विशालता यो आकाश धर्ती नै हो
माया त साँच्ची सुन्दर आत्माको मुर्ति नै हो
तिमी पानीलाई आकार दिने कोशिस नगर
तिमी हावालाई सद्भाव दिने कोशिस नगर