भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मान्छेभित्रको मान्छे ! / वसन्त चौधरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कति बाँकी छ क्यारे
मान्छेभित्र मान्छे ?
सन्त्रास झ्याँगिएको
ओडारमात्र अघिसारी
किन ओझेलिँदै गयो
मान्छेभित्रको मान्छे ?
उँभो र उँधो
कहाँ पुगेको छैन मान्छे ?
देउताभन्दा देउता,
के मात्र भएको छैन मान्छे ?
तर अगाडि भन्दै
जति जति जान्छ मान्छे
उति उति नै झन् झन्
भीषणयुध्द-दुन्दुभी नजिक नजिक
पुग्दै पुग्दै छ मान्छे !
उफ ! सबै सबै भएर पनि
कस्तो बिडम्बना !
मान्छे नै भएन मान्छे !
खुइलिँदै खुइलिँदै रित्तिइसक्यो
मान्छेभित्र मान्छे !
कोलाहलमय छ संसार
मौन स्वयं पनि बीभत्स कोलाहल,
कति कहालिलाग्दो वातावरण
मानो निकट भविष्यमै छ
प्रलयंकारी संहार !
के अझै बेला भएको छैन, मान्छे ?
कहाँ पुग्यो मान्छे ?
ए मान्छे, अझै किन गर्दैनौ हिसाब
कहाँ पुग्यो मान्छे ?
मान्छेकै एकलौटी साम्राज्य न हो यो संसार ?
तर ! कस्तो अनौठो !
रसातल भासिँदै छ मान्छे !
खै !
किन यतिबिघ्न बिद्रुप हुँदैछ मान्छे !
m>