भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मुक्ति / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कोठाको चुकुल खोलेर
घर बाहिर आएँ
लाग्यो अलिकति मुक्त भएँ !

आँगन
बगैंचा
पर्खाल नाघेर आएँ
लाग्यो अलिकति मुक्त भएँ !

खेत
गोरेटो
नहर
बस्ती छाडेर आएँ
लाग्यो अलिकति मुक्त भएँ !

खोला / खर्क
पहाड / पर्वत / कन्दरा नाघेर आएँ
लाग्यो अलिकति मुक्त भएँ !

सम्बन्ध / प्रेम / राजनीति सबै त्यागेर आएँ
लाग्यो अलिकति मुक्त भएँ !

किस्ता किस्तामा
अलिअलि मुक्त हुनु पनि मुक्ति हो ।

जस्तो कि
बन्धनको लामो शृङ्खला पार गर्दै
म मसम्म आएँ !

०००