जब-जब
बच्चा-मृत्युहरु
मेरो अगाडि
मेरो मौनतालाई अलिकति पनि
भंग नगरी उफ्रनेछन्,
खेल्नेछन्
आसपास, तेलकासा, डंडीबियोका खेलहरु
र
उम्रनेछन्
बच्चा-मृत्युहरु
मेरो वरिपरि गुलाफ बनेर
म काँडाहरुको थोरै पनि वास्ता नराखी
गुलाफजस्ता मृत्युहरुको
सुगन्धमा रमाइरहेको हुन्छु
र
खिल्ली उडाइरहेको हुनेछु
पर...
उङ्गेर बसिरहेको
बृद्ध जिन्दगीको
जब... जब...