भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेम साहेब? / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


पोखरा आकाशमा उडिरहेको चिल हो
अनि पोखरा बाँदरको मुटुमा गाडिएको खिल पनि हो
छोटकरीमा पोखरा सबथोक हो
पोखराको परिभाषा अझ चित्त बुझेन मेम साहेब?
भैगो म सफा-सफा भनिदिन्छु
मेम साहेब !
पक्का-पक्का भन्ने हो भने
पोखरा तपाईको चुच्चो जुत्ताको तिखो हिल (पहाड) हो
जसले केटाहरुको मन नराम्ररी झस्कने गर्छ ।