भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो गीत म उभेको धूलो ले सुनोस् / नगेन्द्र थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो गीत म उभेको धूलोले सुनोस्
मेरो गीत यहीँको चुपचापले सुनोस्
मेरो गीत कोही सुन्दैन भने
आकाश बतासले सुनोस्

मुटुका अनेक रगतका गीत
सुस्केरा अनि पसिनाले सुनोस्
भिज्दैन धरा पसिनाले भने
फाटेका चिरा धरतीले सुनोस्

आँशुका ध्वनि कानले होइन
छातीका थुप्रै व्यथाले सुनोस्
शहरमा गीत कहालिन्छ भने
डाँडा काँडा गोरेटोले सुनोस्

................................
शब्द: नगेन्द्र थापा
संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल