भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मैले कसको के बिगारेँ ? / हरिभक्त कटुवाल
Kavita Kosh से
भन ए जगका निष्ठुर मानव
मैले कसको के बिगारेँ ?
कसको मैले सिन्दुर खोसेँ
जो आज मलाई हेला गछौँ !
न त कुनै दिन मैले कसैको
दौलतमाथि हात बढाएँ
कसलाई मैले घाऊ लगाएँ ?
जो आज मलाई पर गर्छौ !
जगका मानव किन चुप छौ
बोल न मैले कसलाई लुटेँ ?
कहिले, कुन दिन स्वार्थ अँगालेँ
जो आज मलाई छिः छिः गर्छौ ?
मैले त सधैँ खुशी लुटाएँ
मनमा उठेका भाव उठाएँ
तै पनि हाँस्छु , फुस्रो हाँसो
सट्टामा मात्र परिहास पाएँ
आफ्नो मनमा पीर उम्लँदा
गन्दै नुनिलो आँशु पिएँ ?
भन न भन ए जगका मानव
मैले कसको के बिगारेँ ?
.............................................
रचना गरेको मिति - सन् १९५७ डिसेम्बर २७