Last modified on 18 सितम्बर 2023, at 20:26

मैले पुण्य मन पराएँ या पाप मन पराएँ/ राममान तृषित

मैले पुण्य मन पराएँ या पाप मनपराएँ
जे होस, मैले तिमीलाई चुपचाप मनपराएँ

जब फूल र काँडा दुईटा सँगै रमाउन सक्छ
जब दागको रङ्गमा पनि टीका समाउन सक्छ
नसोध, मैले वरदान या श्राप मनपराएँ
जे होस, मैले तिमीलाई चुपचाप मनपराएँ

तिमीसँग लिनु पनि छ, तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब-किताबमा सच्याउनु पनि छ
यो हिसाब भूलेर तिमीलाई बेहिसाब मन पराएँ
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ