भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म झ्याल उघार्नेछु / अन्ना स्विर / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धेरैबेरसम्म बाँधिइरह्यो हाम्रो अँगालो।
हामीले एकअर्काका अस्थिसम्म पसेर माया गर्यौँ
हड्डीहरू घोटिएको सुनेँ मैले ,
मैले हामी दुबैका अस्थिपञ्जर देखेँ।
 
अहिले भने
तिमी कति बेला जाने हौ भनेर सोचिरहेकी छु म,
कति खेर तिम्रो पदचाप सुनिन छाड्ला भनेर पर्खिरहेकी छु।
यतिखेर मौनता मात्र बाँकी छ यहाँ।

एक्लै सुत्ने छु, आज म
स्वच्छताको ओछ्यानमा।
स्वास्थ्यको पहिलो सूचक हो एक्लोपन।
एकान्तिकताले
फराकिलो पार्नेछ कोठाका भित्ताहरूलाई।

म झ्याल उघार्नेछु
र वियोग जत्तिकै स्वस्थ चिसो सिरेटो
सरर्र पस्नेछ झ्यालबाट भित्र।
मानव विचारहरू पस्नेछन्,
मानवीय चासोहरू,
अरूका दुर्भाग्यहरू र साधुत्वहरू पस्नेछन्।
कहिले साउती मार्नेछन् आपसमा तिनीहरू
र कहिले कड्केर बोल्नेछन् एकअर्कासँग।
 
अबदेखि नआऊ तिमी।

आक्कलझुक्कल मात्र पशु हुने गर्छु।