म फूलसँग भुलूँ कि म दिलसँग झुलूँ कि
आफ्नोआफ्नो रङ्गमा आफ्नोआफ्नो ढङ्गमा 
म धर्तीमा एक्लै चलूँ कि 
मलाई उनको चाह छ, मुटुभित्र आह छ
म एक्लै बाँच्न सक्दिनँ, म एक्लै हाँस्न सक्दिनँ 
म प्रीतको बोली बोलूँ कि, म रीतको बाजी भुलूँ कि 
मधुरो गीत गाउनु छ, अधुरो प्रीति लाउनु छ 
म नौ लाख तारा साँच्दिनँ, म दुनियाँमा अब बाँच्दिनँ   
म ज्यूँदै हात मोलूँ कि, म प्यूँदै छाती खोलूँ कि