म भोगी रहेछु / सविता गौतम दाहाल


पखेटा फटफटाउदै उडिरहेछ ऑखा
यो कोठाबाट उ कोठा
यो ढोकाबाट उ ढोका
कति सोधिसके
सुन्नु छैन्, टेर्नु छैन ।

आफ्नै वरिपरि
घरि फुलवारीको फूलको वोटमा
बसेझैं गर्छ केही छिन
फेरि खै के सोचेर भुरर्र उडछ
संगसंगै दगुरेर चरीको छालासगैं
पाईतालापनि झुल्सीए ।

कोट्याइसक्यो घरका हरेक भित्ता
बॉकी छैनन रछ्यानका कुनै सिता
फकाइ फकाइ पनि कोशिश गरेको
हकारेर पनि जंगिसकेको
ढुङ्गो बोल्ला१ ऑखा बोल्दैन्
घोसे ध्यांक के रु भनिन
चुपचाप निरन्तर यताबाट उता
उताबाट यता एक तमासले
हुइकाइरहयो पखेटा ।

उसका मौन ऑखाको बैचैनी
शान्त पार्न नसक्नुको पीडामा
जलिरहनुको विकल्प
म धरतीसंग थिएन ।
नेपाल आमासंग थिएन ।
उ आजपनि मेरै वरिपरि
घुमिरहेछ चक्रवत
उसले खोजेको दिन नसक्नु
एउटी आमाको पीडा
म भोगी रहेछु ।
म भोगी रहेछु ।।

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.