भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यात्रा / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

क्षोभको आकाश
साँझजस्तो आकाश
किनारहरू छुँदै पहाड र पर्वत पनि
त्यो, गइरहेछ त्यसतिर क्षितिजमा
– शब्दहरु बन्दै
– दूरन्तमा स्वरहरु बन्दै
त्यो, गइरहेछ त्यसतिर खम्बा र तोरणहरु बन्दै
– पताका बन्दै
त्यो, गइरहेछ त्यसतिर जतासुकै पात र साँझहरु बन्दै
त्यो, गइरहेछ सर्प आकाश प्रारम्भ
ठूलो घेरा पार्छ
रेखा हुँदै परसम्म ठूलो रेखा पार्छ
निल्छ अवयव
उचाइ खान्छ, होचाइ खान्छ
बेलुकी मेरो देख्छ – –
गरा र चपरी टाँगिएको उसको अग्नि
क्षणसित आँग दल्दै समयसित
आँधी र हुरी हुँदै गइरहेछ ।