Last modified on 7 मई 2017, at 10:14

युक्लिप्टस : आउने पिँढीलाई आशीर्वाद । / नव सापकोटा

रमेर बाँच्ने इच्छाले जमेर आएकाहरू
गडेर हेर्ने इच्छाले त्रिनेत्र जड्नेहरू
रहस्य बुझ्ने इच्छाले मस्तिष्क किन्नेहरू

चालै नपाई नाङ्गिए युक्लिप्टसका रूखहरू
जस्तो
नाङ्गिँदै छन् त्यसरी नै युक्लिप्टसका हाँगाहरू
जस्तो
यो कस्तो?

पर्छ र नाङ्गिन युक्लिप्टसका हाँगाहरू–
 झैँ यसको छायामा हुर्केका यौवनहरू
छैन र यसमा अर्को गुण ‘सधैँ हरियो रहने’ यसका पातहरू

भन्न मन लाग्छ यसैले—
युक्लिप्टसको छायामुनि मौलाएका यौवन
नचढून् हाँगा–हाँगामा
बरु झाँगिऊन् यसका
सदा हरित पात–पातमा ।