भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो मनको के भर हुन्छ / सुरेन्द्र राना

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यो मनको के भर हुन्छ
बहकिने मात्रै डर हुन्छ
जानी जानी पनि यहाँ
भुल गर्ने रहर हुन्छ

छिन मै भत्केर जाने
बालुवाको घर हुन्छ
तैपनि मनले सजाए
रमाइलो सहर बन्छ

हर मुटुलाई छुने
मायाको लहर हुन्छ
तैपनि मनले पन्छाए
रित्तो रित्तो बगर बन्छ ।