भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
रात केवल एक प्रहर बाँकी छ / भीमदर्शन रोका
Kavita Kosh से
रात केवल एक प्रहर बाँकी छ
तीन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी छ
रात केवल एक प्रहर बाँकी छ
कैयौँले यहाँ रातको गीत थालेथे
आफ्ना-आफ्ना ताराहरू बालेथे
तर के रह्यो र अब यहाँ
तिमी छौ, म छु र हाम्रो रहर बाँकी छ
रात केवल एक प्रहर बाँकी छ