भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

राधामिलाप / कृष्णप्रसाद शर्मा रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

राधा राधा भनी आधा-जीउ भो, हरिको जब ।
सखी गयी र राधामा निवेदन गरी सब--

किन तिमि गरछयौ सखी ! विलम्व
        अब सब छाड अगाडिको घमण्ड ।
हरि तिमि नभई भये विहाल
        अनुपम यौवन यौ वृथा नफाल ।।२।।

प्रकट भइसक्यो वसन्त-काल
        वरिपरि हेर विचित्र हाल-चाल ।
भुनुनुनु भ्रमरा घुमेर आये
        ऋतुवरका सँग मित्रता लगाये ।।३।।

घडिघडि हरि खोजि गर्नुहुन्छ
        तिमि नगये सखि ! कुञ्ज शून्य हुन्छ ।
प्रियसँग अभिमान गर्नु छैन
        हरि नभई तिमिमा हुँदैन चैन ।।४।

हिंड अब सँग जाउँ छाड मान
        उहि प्रियका हित्तकी मलाइ जान ।
तिमिकन परदैन केहि गाल
        विनय ठुलो हरिको उसै नफाल ।।५।।

सुरुसुरु उहि जान लाज लागे
        मसित अनी तिमि केहि अर्ति मागे ।
अलिअलि शरमायियेकि जस्ती
        लिइ अभिमान निकुञ्जमा नपस्ती ।।६।।

तिमिकन जब डाकि लीनुहोला
        तब सब यो अभिमान तोडियेला ।
जब हरि पहिरेर पीत बास
        रसबस भै गरनूहुनेछ बात ।।७।।

तब तिमि रिस छाडि मस्त हौली
        अति खुशिले हरिकासंगै बसौली ।
अझ पनि सुन कृष्णको सनेस
        तिमि नभई बरु प्राण जानु वेश ।।८।।

मनमन त सँगालि मान ईख
        बरु गर आइ सजाय पोखि रीस ।
इवि अघि रति रासको नलेऊ
        प्रियतम संझि कसूर माफ देऊ ।।९।।

जति जति तिमिले यसो गरौली
        उति उति यो मन चट्चटी चुँडौली ।
रत्तिभर मनमा नली घमण्ड
        बरु अब आई मलाइ देउ दण्ड ।।१०।।

हरि यसरि वहाँ तिमी भनेर
        विरह मनाउँदछन् दुखी बनेर ।
अनि पसि अनि निस्कि कुञ्जबाट
        भइकन दिक्क निकालि लामु सास ।।११।।

हरि अनि कहिले थचक्क बस्छन्
        विरह जमायर गान तान छाडछन् ।
अतिशय भइ चित्तभित्र बाधा
        बचन निकासनुहुन्छ हाय ! राधा ।।१२।।

हरघडि मुखचन्द्र सम्झि बस्ता
        हरि अब भैसकिये चकोर जस्ता ।
वन वन मुरली बजाइ घुम्छन
        तिमिकन सम्झि उदास कृष्ण हुन्छन् ।।१३।।

किन प्रियकन शोकमा डुबाई
        अति निठुरी भइ बस्तछयौ नजाई ।
अझ पनि तिमिमा दया उठेन ?
        मनबिचको अभिमान त्यो छुटेन ? ।।१४।।

बुझ तिमि अनमोल यो छ चोला
        बखत चुकेपछि थक्क थक्क होला ।
प्रियसँग जसको मिलाप छैन
        उस युवतीकन छैन कत्ति चैन ।।१५।।

वय पनि तिमि पूर्ण छयौ भयेकी
        हरितिरके किन रोष यो लियेकी ?
दलबिच जलबिन्दु झैं छ बैंस
        बखत गुमेपछि ता हुँदैन ऐस ।।१६।।

रिस नगर खुशी भयेर जाऊ
        अधर-सुधा-रस कृष्णमा पिलाऊ ।
जब हरि चुमनूहुनेछ गण्ड
        अनि तिमिमा रहँदैन यो घमण्ड ।।१७।।

रसबस भइ प्रीतिमा भुलौली
        अनुपम सौखमहाँ अनी परौली ।
नत प्रियसँग प्रीति क्यै जमायौ
        लहलह बैस हरे ! उसै गुमायौ ।।१८।।

अब तिमि सब छाडिदेउ मान
        हरि खुशि पारनमा लगाउ ध्यान ।
दिन वितिकन साँझ पर्न लाग्यो
        गगनमहाँ पनि फैलियो तुवाँलो ।।१९।।

रविकिरण भयेर मन्द मन्द
        गुँडतिर जान भनी उडे विहङ्ग ।
झटपट उठ निस्क जाउँ भाऊ
        हरि विरही हुनुहुन्छ वेर् नलाऊ ।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)