भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रोज्नुपर्दा बादल हैन / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
रोज्नुपर्दा बादल हैन रोज्छु तिम्रै केश
घामले ज्यादै पोल्यो भने खोज्छु तिम्रै केश

फिँजिँइरहन्छन् यताउता आकार फेरिफेरि
विवाद गर्छन् मान्छेहरू पारि डाँडा हेरी
कोही भन्छन् कुहिरो हो, कोही कालो बादल
कसैले सोधे मलाई, भन्छु तिम्रै केश

रात झनै बढ्दै थियो, नदेखिने टाढा
हिँड्नु पर्ने धेरै थियो, पुग्न माथि डाँडा
अरू सबै हिँड्दै थिए निदाएँछु म चैँ
रातलाई पनि आजकल देख्छु तिम्रै केश