भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लेनदेन / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ऋण दिने मान्छे
ऋण उठाउँछु भन्दाभन्दै मर्छ !

ऋण लिने मान्छे
ऋण तिर्छु भन्दाभन्दै मर्छ !

न ऋण दिनेले
ऋण लिनेलाई कात्रो किनेर दिन्छ !

न ऋण लिनेले
ऋण दिनेलाई कात्रो किनेर दिन्छ !

होइन -
यसरी लेनदेन कसरी मिल्छ ?

०००