भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लौ सुन म भन्छु मेरो राम कहानी / गोपाल योञ्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम सयौँ दिनको पानी

म उठ्दा आकाशले मलाई थिचिदिन्छ
अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ
म रोएँ यी आँशु रित्याऊँ भनेर
तर आँशुले नै मलाई नै बगाउँछ
यो विधवाको सिउँदो कि मेरो जवानी
त्यो एक दिनको घाम सयौँ दिनको पानी

तेरो आश्वासनमा मैले बाँची हेरेँ
मैले आगोमाथि पनि नाची हेरेँ
जीवनलाई चारैतिरबाट हेरेँ
केवल म पुरानो सबै नौलो पाएँ
यही गीत साँचेँ पछिलाई निशानी
त्यो एक दिनको घाम सयौँ दिनको पानी