भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वंश-वृत्तान्त / उदयानन्द अर्ज्याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आदि मालवगढ् कनौज धरती धरानगर् ख्यातको ।
तेस्‌मा ब्राह्माण भट्ट अत्रिकुलका बासै सबै जातको ।।
बाद्शाहा त नवा (फ) को कलहमा कष्टै त वात्‌वातको ।
देशै छाडी हिंडया चतुर्दिशी सबं छोडि विभव् साथको ।।१।।

कुश्‌वन्दा सव भट्टमा अति वडा अर्का उदै भट्ट हुन् ।
पाहाड्‍तर्फ थया उनी दुई जना उन्‌को सबै जान गुन् ।।
कान्छाका सदु भट्ट पुत्र त तहाँ विद्वान पुरा भैथया ।
उन्‌का पुत्र ति रायभट्ट जनम्या ज्ञान्‌ले परम्पद् गया ।।२।।

तिन्‌का पुत्र त देवदत्त तिनका सुत् वत्सराज् नाउँका ।
छैटौ सुत् उपवत्सराज् सुगुणका पुरा सबै काजका ।।
फेरी श्रृष्टिपरम्परा बढी गई श्रीवत्सराज् भैथया ।
तिन्‌का ब्राह्माणी दुइ ज्ठीतिरमा श्रीकृष्ण पुत्रै यया ।।३।।

सिग्दी ग्ाम त अंश भो र उनको सि्थयाल पद्‌वी भयो ।
कान्छीका सुत् एक ज्ञानी सबमा श्रीदेव संज्ञा थियो ।।
उन्‌लाई पनि पैडी अंश त दिंदा पौडयाल् कहाया तहाँ ।
आठौं वंश विती उनैकि त फिरी अर्की दुलही माहाँ ।।४।।

जुम्लाका नृपतिकी छोरीतिरका थर्‌का समाल् भैगया ।
भित्र्यानीतिरका त पुत्र ताहाँ खस् थर् वगाल्या भया ।।
सूत् श्रीनन्द त फेरी ब्राह्मणीविषे तिन्‌का त श्रीराम् भनी ।
श्रीराम्‌का हरिदत्त सुत त भया आफ्ना कुलंका मणि ।।५।।

तिन्‌का पुत्र त कृष्णराम तिनका छोरा दुई भैगया ।
जेठा भट्ट सदु कनिष्ट उनका चावा भन्याका थिया ।।
चावाको दुई ब्राह्मणी त कुलका ज्ठीकी सन्तन् जति ।
अर्जीवासी हुँदा त उही थर भी अर्ज्याल् कहाका उति ।।६।।

चौधौं वंश त नारसिंह उनका श्रीविष्णुदास् ख्यातका ।
उनका पुत्र सुपुत् प्रभाकर भया पुरा सबै वातका ।।
तिन्का पुत्र दुई सुमन्तु सरज कान्छाकी जो सन्तति ।
मैधी आइ वस्या उसै समयमा मैधाली भन्छन् कति ।।७।।

नारान्‌दास सुमन्तुका त सुत हुन् उन्‌का त धौलु थिया ।
विष्णुदास कनिष्ट उन्‌की कुलका सन्तान् विहारी भया ।।
धौलुका सुत चार भाइ त भया भन्थ्या वगाल्या भनी ।
कालुलाई ... ... अंश त दिया गोपाललाई पनि ।।८।।

त्स्मा श्री जयभद्र नाम उनको भी विश्वनाथ् उन्‌महाँ ।
कान्छा हुन् सबको निवास उनदिन् गोर्खा नगर् हो जहाँ ।।
छोरा ङी जयभद्रका परशुराम् उन्‌का त छोरा पनि ।
जोशी इन्द्रमणि त ज्योतिषविषे भन्थ्या त गर्दै भनी ।।९।।

वीरेश्वर् त सुपात्र पूत उनका पुत्रै त तिन्‌का तहाँ ।
श्री विश्वेश्वर नाम चौदिशोविषे पूरा त ज्योतिष् महा ।।
मर्जीले त किरात राज्य ति गया हिन्दुपतिको जहा ।
युक्तिबुद्धि लगाई अक्कल भयो उस्ता अरु छन् कहा ।।१०।।

राजालाई रिझाई कौशिकीनिकट् विर्ता मधेश्‌मा मिल्यो ।
उस् दिन्‌देखी मधेश बीच सब बाम् वैरवा माहा भयो ।।
उन्‌का पुत्र त एक मात्र उदयानन्दै भनी आज छन् ।
पण्डित् ज्योतिष्निषे कवि पनि वडा काम्‌ले अमिन् भन्दछन् ।।११।।

                                 'वीरकालीन कविता' बाट साभार