भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वर्षौ पछिको भेट/ रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


केटा : आजमात्रै पूरा भो आँखाभरि हेर्ने रहर
वर्षौ पछि भेटेको सुनाऊ केही नयाँ खबर

केटी : के सुनाउँ खबर म सबैसबै पुरानो भो
हजुरसँग टाढिँदा जिन्दगी नै बिरानो भो

केटा : एकपल्ट तिमीलाई देख्ने इच्छा थियो
ईश्वरले आज रहर पूरा गरिदियो

केटी : हजुरलाई सधैँ खुसी देख्न पाऊँ भन्थेँ
नदेखेको यति भयो भनी दिन गन्थेँ

केटी : सपनीमा देख्थेँ कहिले उडिजाऊँ लाग्थ्यो
टाढैबाट एक झल्को देख्नपाऊँ लाग्थ्यो

केटा : प्राप्ति पनि माया नै हो त्याग पनि माया
छुटे पनि तिमी मेरो सँगै हिँड्ने छाया

केटी : आफ्नो ख्याल राख्नू नि नभुल्नू है मेरो हजुर !
केटा : सम्झनाको के कुरा सम्झेकै छु हरेक प्रहर !