भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वलिदानी वेग / दुर्गालाल श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फूल्न त हो है ढक्क फुलेकै
अज बगरमा फूल
तर कसरी म भनूँ कि यही हो
परिवर्तन आमूल

अज तिमीलाई जनताले
जब पहिरायो जीत
अहह ! तिमीले पनि उल्टै पो
गाउन थाल्यौ गीत -

'ब्वाँसोले पनि पाओस बाँच्न
जन्तु हुँदै हो खास
उसले पनि हाम्रो गोठैमा
पाओस् सजिलै बास'

सत्ता - यो नेपाली सत्ता
के हो यसको जात ?
जो आएपनि पाएकै छ
जनताले आघात !

भत्काई नारांहिटिलाई
पारे पनि पातल,
राजतन्त्र मेटिन्न यहाँ है
हुन्न नयाँ नेपाल !

हैन हैन नारांहिटि हैन
राजतन्त्रको बास
त्यसको प्राण त नेताकै हो
राजा बन्ने प्यास !

तर वलिदानी वेग समयको
अब रुक्ने छैन,
बाटो छेक्ने कोही नेता
अब बच्ने छैन !