भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
वार्ता:मेरो जीवन
Kavita Kosh से
जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ ।
म देखि जति टाडा जति दु.खी भए पनि अन्तत: हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ ।
प्रकाश होस दिनको अथवा रातको अन्धकार जुन, तारा सूर्य उदाउने त्यो एउटै आकाश हुन्छ ।
छायाँहीन मध्यान्हको नरमाइलो खडेरीमा तिमी जहाँ भए पनि मन सँगै उदास हुन्छ ।
आकाश कैले म हुँदा तिमी धर्ती हुन्थ्यौ कैले ऋतुबदलिदाँदुबैकोसँगसँगैउपहासहुन्छ।
धर्मराज थापा