भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

विकलाङ्ग जिन्दगी / युद्धवीर राणा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अन्तरिक्षमा चुलिएका अट्टालिका
यहाँ पनि मान्छे बस्छन्
रुन्छन् हाँसोमा
तल भुइँमा खर–परालका झुप्रा यहाँपनि मान्छेबस्छन्
र हाँसोउदाउँछ आँसुमा
आँसु खस्छ सुकेका रोटीका टुक्राहरूमा;
 कोप्रिएको पेटमा आफ्ना हातखुट्टा गुजुल्ट्याएर
पुस–माघको रात अँगाल्छन् चिसो
फिक्का चियाको खैरो पानीमा घाम उदाउँछ
अनि त कुँजिएका खुट्टा तान्छन्,
छाला चुस्दाचुस्दै आमाको छातीमा
च्याट्ट छोडेर बालक फिस्स हाँस्छ
उसले माथि अट्टालिका देखाउँछ
आमा आँसु हाँस्छे बालकको ओठमा औँला राखेर
माथिबाट हाँसो रुन्छ
आँसु स्वच्छ उसका आँखामा,
दिउसोको चर्को घामले यिनीहरूको पिठ्यूँ डाम्न सक्दैन
सहँदासहँदै नाङ्गो पिठ्यूँ ढाल भइदिएको छ
थाहै नपाई अगुल्टो ठोस्दाठोस्दै
पुस–माघको जाडो पनि उम्किसकेको हुन्छ,
पोहोर–परारजस्तै अहिलेको हिउँद–वर्षापनि
आफ्ना हत्केलाबाट चिप्लिएर गए
जिन्दगीमा वसन्त आएर
कुन बेला फूल फुलाएर गयो
अथवा वसन्त आउँदै आएन, के थाहा ?
हिजोजस्तै आज पनि खुस्केर गयो,
आकाशका ताराहरूजस्तै
अनन्त हरियो कल्पना छातीमा च्यापेर
साँझ–बिहानको जोहो गर्दागर्दै
जिन्दगीको फूल झरेर जान्छ ।
मानौँ यी प्रत्येक निधारमा यस्तै हरफ लेखिएको छ,
घाम उदाउँछ आकाशमा
खै, जिन्दगीमा उदाउन सकेन
प्रत्येक वर्ष ऋतु फेरिन्छन् यो धरतीमा
तर यहाँ जिन्दगी पत्थर भएको छ
गोरेटो खन्दा–खन्दा
मूल सडक बन्न सकेन
त्यसैले यहाँ आँसुमा जिन्दगी हाँसेको छ,
बिहानीले यहाँ घाम बोकेर आए पनि खै के भो र ?
औँसीको रातमा कहिल्यै जून उदाएन
अगेनाको डिलमा धिपधिप गर्ने टुकी
कहिल्यै सूर्य हुन पाएन,
यो भोको–नाङ्गो विवशताले विद्रोह जन्माउन सक्दैन
किनभने यहाँ पुरुषत्व छैन
लङ्गडा–लुला–विकलाङ्ग पारिएको छ
यसैले यिनीहरू युगसँग दगुर्न सक्दैनन्
न कुनै युग–प्रतिनिधि नै जन्माउन सक्छन्
फगत यहाँकसैका लागि बाँचेकोछ जिन्दगी
मुटुभित्र आँसु लुकाई कसैका लागि हाँरोक छ जिन्दगी ।