भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
विनति (बिन्ती) / बद्रीप्रसाद बढू
Kavita Kosh से
जब जब मन मेरो भावनाले डुबायो
सुख दुख सब भोग्दै भित्र भित्रै रसायो
मृदुल छ मुटु मेरो बूँद भर्दै पलायो
अलिकति जल खोज्दै लेखनी यो समायो।।१।।
जुन जुन कविताले छुन्छ भित्री मुहार
त्यस दिन कविताले पोख्छ आफ्नो पुकार
दिल जुन कवितामा रम्छ भित्रै पुगेर
त्यस दिन कविता नै रुन्छ एक्लै बसेर।।२।।
अलिक कठिन मान्दै लेख्न थालेँ स-हास
रहर पनि थियो त्यो भाव पोख्ने प्रयास/
अलिक विनति गर्दै हातमा हात जोड्दै
बुध-जन पढिहेर्नोस् काव्य कस्तो छ? भन्दै।।३।।