Changes

आकाशबाट / सुमन पोखरेल

43 bytes added, 15:50, 22 मई 2020
 
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट/ सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
 
तल जीवनहरूले रहरहरूसँग खेलिरहेको देखिँदैन आकाशबाट
न त पाखाहरूको सहनशीलता भत्किएर खसेका
गन्तव्य नपुगी नरोकिने अठोटले दौडिएका वेगहरूको सामर्थ्य आँक्न सकिँदैन,
चौतारी छेउ एकअर्काका मनमा निदाइरहेका प्रेमीहरूको सपना देख्न सकिँदैन।
 
बस्तीका बस्ती इतिहासहरू बगाउँदै दौडिरहेको नदी पनि स्थिर देखिन्छ आकाशबाट।
डाँडाहरूका सिर्जनशील काखहरू प्रभावहीन देखिन्छन् ।
सम्पूर्ण सृष्टि नै सनातनदेखिको शान्त देखिन्छ।
सँधै सधैँ आकाशबाट मात्र बोल्नेहरूलार्इ बोल्नेहरूलाई सोधौँ न, एकपटक
के संसारको वास्तविकता
साँच्चै आकाशबाट देखिएजस्तै नै छ त?
Mover, Reupload, Uploader
10,429
edits