भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
|रचनाकार=मनप्रसाद सुब्बा
|अनुवादक=
|संग्रह=भुइँफुट्टा शब्दहरू/ मनप्रसाद सुब्बा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
शिवधाममा शिवलिङ्गलाई हातले छोएर ढोग गरेँ । चिसो थियो । त्यहाँबाट निस्केपछि सोझै रङ्गीतको ढुङ्गे बगरमा गएर बसेँ । अनेक आकार र अनेक रङ्गका ढुङ्गाहरूमा मेरा आँखाहरू एकोहोरिए । हेर्दाहेर्दै ढुङ्गाहरूका पनि आँखा खुलिए, ओँठ चल्मलाए। अनि यौटा ठूलो चिल्लो ढुङ्गाबाट आवाज आयो : मेरो पनि योग्यता र अधिकार छ शिवलिङ्ग बन्ने । त्यसपछि अर्को ढुङ्गाले, फेरि अर्कोले अनि अर्कोले पनि यस्तै दाबी गर्यो । अनि त बगरमा मसिना ढुङ्गाहरूको कोरस :
बन्नसक्छौँ हामी पनि ससाना शिवलिङ्ग