भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= भीमदर्शन रोका
|अनुवादक=
|संग्रह= घाम डुबी तारा नउदाएको आकाश हुँ म / भीमदर्शन रोका
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
ऋतु वसन्त नआएको भए तिमीले गीत मेरो नगाएको भए गुराँस यति रातो हुने थिएन तिमी यसरी नशर्माएको भए !
धर्तीले छातीमा फूल नलाएको भए छहरामा लहराले चुल्ठी नबाटेको भए
यो वसन्तमा म के पाउने थिएँ ?
वनले बस्ती नछोएको भए
मनमा मस्ती नआएको भए
फूलको प्याला रित्तिने थिएन
तिमीले यसरी नपियाएको भए !
</poem>